जोडिनुहोस
  • होमपेज
  • जिम्बावेविरुद्ध ब्याटिङ गर्दै नेपाल

जिम्बावेविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।

हरारे स्पोर्टस् क्लबमा घरेलु टोली जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेको छ । र, नेपाललाई सुरुआतमा ब्याटिङको निम्तो दिएको छ ।

नेपाल प्रतियोगिताको पहिलो खेलमा घरेलु टोलीलाई स्तब्ध पार्ने सोचमा रहेको छ । उता, घरेलु भुमीमा नेपाललाई हराएर जिम्बावे पनि प्रतियोगिताको सुखद सुरुआत गर्ने लक्ष्यमा रहेको छ ।

जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल पनि हो ।

नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ ।

२०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो ।

२०१८ को विश्वकप छनोटको समयमा नेपालसँग ओडिआई मान्यता नरहेकाले उक्त खेल लिस्ट ए मान्यताको भएको थियो ।

नेपालको जिम्बावेसँग यो खेल नै पहिलो र अन्तिम एकदिवसीय खेल रहेको छ । ४ मार्च २०१८ मा भएको उक्त खेलमा नेपाल १ सय १६ रनले पराजित भएको थियो ।

नेपालको प्लेईङ-११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका