जोडिनुहोस
  • होमपेज
  • अटोमेटिक मेसिन जडित डि एण्ड पि कार वास सञ्चालनमा, ५ मिनटमै चिटिक्क (भिडियोसहित)

अटोमेटिक मेसिन जडित डि एण्ड पि कार वास सञ्चालनमा, ५ मिनटमै चिटिक्क (भिडियोसहित)

काठमाडौं – अत्याधुनिक प्रविधि सहित काठमाडौंको बौद्धमा डि एण्ड पि कार वास सञ्चालनमा आएको छ । काठमाडौं ६ बौद्धको बौद्धनगर चोकमा शनिवार एक कार्यक्रमका बिच कार वासको उद्घाटन गरिएको हो ।

स्थानीय व्यवसायी छिरिङ लामा र दातेम्बा शेर्पाको संयुक्त लगानीमा सञ्चालित कार वासमा हाईस, स्कर्पियो, ट्याक्सी, कार, लगायत साना चारपाङग्रे सवारी र मोटरसाईकल लगायतका सवारीहरु धुनका लागि अटोमेटिक मेसिन जडान गरिएको छ ।

जर्मनबाट भित्राईएको कार वास मेसिनले ६ मिनटमा नै कार धोएर सक्ने व्यवसायीले बताएका छन् । कार्यक्रमको उद्घाटन गर्दै क्याप्टेन विजय लामाले यो क्षेत्रमा अत्याधुनिक मेसिन सहितको कार वास सञ्चालनमा आउनु प्रशंसनिय रहेको बताएका छन् । कारवास सञ्चालनमा आएसँगै अन्य व्यवसायीहरुका लागि समेत व्यवसायीहरुलाई समेत प्रोत्साहन गर्ने लामाले बताएका छन् । समाजमा प्रविधिको माग भईरहेको समयमा अटोमेटिक कार वास सञ्चालनमा आउदा धेरै मानिसले सुविधा पाउने उनको भनाई छ ।

भिडियो…

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला उपसभापति दोर्जे लामाले व्यवसायमा युवाहरुको आकर्षण बढ्नु आफैमा सकारात्मक भएको बताएका छन् । समयको बचत सँग सँगै मेसिनमा धोएको कारले राम्रो चमक दिने हुँदा यसको प्रयोग सबैका लागि सुविधाजनक भएको उनको भनाई छ । उनले यस्ता मेसिन राज्य भरि नै आवश्यकताको महशुस भएको बताएका छन् । नेपालमै पहिलो पटक भित्रिएको अटोमेटिक कार वास मेसिन भित्राउनका लागि राज्यले सहज वातावरण बनाउन सक्यो भने देशले प्रविधिको महशुस गर्न पाउने भनाई उनको छ ।

डि एण्ड पि कार वासका सञ्चालक छिरिङ लामाले यो क्षेत्रको आवश्यकता अनुसार प्रविधिसहितको कार वास सञ्चालनमा ल्याईएको बताएका छन् । उनका अनुसार कार धुनका लागि आधा देखी एक घण्टा समय खर्च भईरहेको समयमा मानिसहरुलाई छिटो छरितो सेवा दिने उद्धेश्यले आफूहरुले सञ्चालनमा ल्याएको बताएका छन् ।

उनले सेतो सवारीहरुलाई घरमा धुँदा पहेलो हुने लगायतका समस्यापनि यसमा नहुने बताएका छन् । उनका अनुसार अहिले आफूहरुले सेवाग्राहीहरुलाई प्याकेजमा अफर दिईरहेको छन् ।

२४ पटकसम्म निरन्तर धुनका लागि १४ देखि १४ हजार सम्म पर्ने कारवासका लागि उनीहरुले १० देखि १८ हजारसम्मा वासिङ अफ दिईएको बताएका छन् । त्यहाँ ह्याच ब्यागका लागि २ हजार ५ सय, सेडानलाई ३ हजार, एस यू भि लाई ३ हजार ५ सय र जिपका लागि ४ हजार लाग्ने सञ्चालकले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका