जोडिनुहोस

इरानको सामना गर्दै नेपाल

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले आज मंगलबार इरानको सामना गर्दैछ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले इरानको सामना गर्नेछ । नेपाल र इरानबीचको खेल ३:४५ बजे सुरु हुनेछ ।

आज नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपालले अघिल्ला दुई खेलमा हार व्यहोरिसकेको छ ।

सोमबार भएको दोस्रो खेलमा नेपाल आयोजक किर्गिस्तानसँग ३-१ ले पराजित भएको थियो ।

त्यसअघि आइतबार भएको पहिलो खेलमा नेपाललाई मंगोलियाले ३-१ को सेटमा हराएको थियो ।

काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।

नेपालले चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौं खेलमा किर्गिस्तानको ‘बी’ टोलीसँग खेल्ने छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका