जोडिनुहोस
  • होमपेज
  • आज पनि घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

आज पनि घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज पनि गिरावट आएको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से परिसूचक निरन्तर घटेर १४ अंकको गिरावटसँगै बन्द भएको हो । यससँगै, आज परिसूचक २०५० अंकमा आएर रोकिएको छ ।

नेप्से परिसूचक हिजो मंगलबार पनि घटेको थियो । हिजो परिसूचक २६ अंकले घटेको दिन ४ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो । परिसूचक घट्दा आज हिजोको तुलनामा कारोबार रकम पनि घटेको छ ।

आज नेप्सेमा ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको ८६लाख ५१ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक दोहोरो अंकले घट्दा १७९ कम्पनीको सेयर मूल्य समेत घटेको छ । यस्तै, ४५ कम्पनीको सेयर मूल्यमा समेत गिरावट आएको छ ।

यसक्रममा आज सिटी होटलको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । यस्तै, ग्रिन भेञ्चर लिमिटेडको सेयर मूल्य ६.९८ प्रतिशतले खुम्चिएको नेप्सेले जनाएको छ । परिसूचक उच्च अंकले घट्दा ४ समूहको सूचक भने बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका