जोडिनुहोस
  • होमपेज
  • सरकारले गर्‍यो नेपालमा टिकटक बन्द गर्ने निर्णय

सरकारले गर्‍यो नेपालमा टिकटक बन्द गर्ने निर्णय

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने सरकारले निर्णय गरेको उनले जानकारी दिइन् ।

उनका अनुसार नेपाल सरकारले अब नेपालमा टिकटक तत्काल बन्द गर्ने तयारी थाल्नेछ । तर कहिलेबाट नेपालमा टिकटक स्थायी रुपमा बन्द हुन्छ भन्ने मिति भने सार्वजनिक भएको छैन् । ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लागेपनि तत्काल बन्द गर्ने निर्णय भएको उनको भनाइय छ । त्यसका लागि आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने उनले जानकारी दिइन् ।

पछिल्लो समयमा टिकटकका कारण धैरै नकरात्कम कुराहरु फैलिने गरेका छन् । जसको मुख्य असर समाज परेको छ । सामाजिक संञ्जाल टिकटकको प्रयोग गरी पैसा कमाउन विभिन्न किसिमका हिंसात्मक गतिविधि टिकटकको माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सार्वजनिक गर्नाले समाजमा विकराल अवस्था सिर्जना हुन थालेको हो । यसलाई सरकारले समयमा नै नियन्त्रण गर्न नसकेको अवस्थमा सरकारलाई पछि समाजमा बढीरहेका घटनाहरुको नियन्त्रणमा ठूलो चूनौतीको विषय खडा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका