जोडिनुहोस
  • होमपेज
  • मन्त्री किरातीलाई हर्क साम्पाङको पत्र ; धरानमा एयरपोर्ट बनाउन पहल गर्नुस्

मन्त्री किरातीलाई हर्क साम्पाङको पत्र ; धरानमा एयरपोर्ट बनाउन पहल गर्नुस्

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा एयरपोर्ट बनाउन पहल गरिदिन आग्रह गर्दै संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पत्र लेखेका छन् ।

धरान उपमहानगरपालिका–१७ मा हवाई मैदान निर्माणका लागि यती इन्करपोरेटेड प्रालिबाट जग्गा खरिद गरी हालसम्म एयरपोर्ट निर्माण नभएको भन्दै साम्पाङले मन्त्री किरातीलाई पत्र लेखेका छन् । एयरपोर्टको लागि भनेर जग्गा बिक्री वितरण गरेका जग्गा धनीहरुले जग्गा फिर्ता दिलाउन भन्दै उपमहानगरमा पटक–पटक निवदेन आएको स्मरण मेयर साम्पाङले पत्रमार्फत मन्त्री किरातीलाई गराएका छन् ।

जग्गा किनेको यती इन्करपोरेटेड प्रालिलाई एयरपोर्ट निर्माणको अवस्थाबारे पत्रचार गर्दे काम अगाडि नबढाउनुको कारण बारे उपमहानगरले प्रश्न गरेको थियो । यतीले गत ९ असोजमा प्रश्नको जवाफ दिँदै पत्र पठाएको थियो । यतिले पठाएको पत्रमा ‘एयरपोर्ट बनाउने प्रयास गर्दा गर्दै पनि अनुमति नपाएको कारण उक्त काम गर्न नसकेको’ उल्लेख थियो ।

अनुमति नपाएको जवाफपछि धरान उपमहानगरले मन्त्रालयलाई पत्र लेखेको हो । उपमहानगरका मेयर साम्पाङका अनुसार २० वर्ष अघि नै यती इन्करपोरेटेड प्रालिबाट जग्गा खरिद गरिसकेको तर हालसम्म पनि कुनै निर्माणको कार्य अघि बढ्न सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका