जोडिनुहोस
  • होमपेज
  • १० वर्षमा भारतले १० हजार मेगावाट बिद्युत खरिद गर्नेछ : प्रधानमन्त्री प्रचण्ड

१० वर्षमा भारतले १० हजार मेगावाट बिद्युत खरिद गर्नेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो १० वर्षमा भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्दा नेपालको जलविद्युत विकासको लागि लगानी भित्र्याउन र उत्पादित विद्युत निर्यात गर्ने सन्दर्भमा महत्वपूर्ण कामहरु भएको जानकारी गराएका छन् ।

सांसद अनिषा नेपालीले सोधेको भारत भ्रमणको क्रममा भारतले १० हजार मेगावाट बिद्युत खरिद गर्ने कुरा आयो, कुन कुन कम्पनीले उत्पादन गरेको खरिद गर्दैछ ? भन्ने लगायतका प्रश्नको जवाफ दिँदै प्रचण्डले भारतले आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत खरिद गर्नेबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवद्धता ब्यक्त गरेको जानकारी गराए ।

उनले भने– ‘भारतसँगको दीर्घकालीन उर्जा व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षरपनि भइसकेको छ । सम्झौतामा अन्तिम हस्ताक्षर छिट्टै हुने विश्वास छ । देशमा हाल वर्षायाममा विद्युत उत्पादन क्षमता २८ सय मेगावाट रहेको छ । अधिकतम खपत करिब १९ सय मेगावाट पिक डिमाण्ड रहेको छ । आन्तरिक खपतभन्दा बढी भएको उर्जा खेर जान नदिनेगरी छिमेकी भारतमा विद्युत निर्यात भइरहेको छ ।

यसबाट देशको व्यापार घाटा न्यूनीकरण गर्न समेत महत्वपूर्ण योगदान पुगिरहेको छ ।’ उनले देशभित्र नै आन्तरिक बिद्युत खपत गर्न सरकारले उर्जा खपत सम्बन्धी कार्ययोजना ल्याइसकेको जानकारी गराए । उनले देशमा जलबिद्युत उत्पादनको व्यापक सम्भावना रहेको बताउँदै देशले समृद्धि हासिल गर्नका लागि उर्जा ब्यापार नै महत्वपूर्ण स्रोतको रुपमा रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका