जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तानको काबुलमा बस्ने स्थानीयद्वारा अपराधमा बृद्धि भएकोमा चिन्ता व्यक्त

अफगानिस्तानको काबुलमा बस्ने स्थानीयद्वारा अपराधमा बृद्धि भएकोमा चिन्ता व्यक्त

काबुल— अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिएपछि देशमा आतंकवादी गतिविधि बढ्दै गएको छ । यसै विषयलाई लिएर काबुलका बासिन्दाहरूले शहरमा अपराध बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।

काबुलका केही स्थानीयहरूले हालै सहरको अपराध दर बढेको दाबी गरेका छन्। अफगानिस्तानको समाचार एजेन्सी टोलो न्यूज अनुसार उनीहरूले यस मुद्दामा थप ध्यान केन्द्रित गर्नुपर्ने र काबुलको सुरक्षालाई कायम राख्न सुरक्षा संगठनको हालको प्रयास अपर्याप्त रहेको बताए।

काबुलमा तेह्र दिनअघि एउटी महिलाको हत्या गरिएको थियो, र पीडितका पतिले आफ्नी श्रीमतीको निर्ममतापूर्वक हत्या भएको दाबी गरेका छन् ।

मृतक महिलाका पति अब्दुल वाहिदले आफ्नी श्रीमती घरमा एक्लै हुँदा घटना भएको दाबी गरेका छन् । केही अज्ञात आक्रमणकारीले उनको घरमा पसेर श्रीमतीको हत्या गर्नुका साथै केही नगद पनि चोरेका थिए ।

उनले घटना भएको तेह्र दिनभन्दा बढी समय बितिसक्दा पनि आफ्नी श्रीमतीको हत्यामा संलग्न कसैलाई पनि पक्राउ नगरिएको भन्दै चिन्ता व्यक्त गरेको टोलो न्यूजले उल्लेख गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका