जोडिनुहोस
  • होमपेज
  • ६२ अंकले नेप्से बढ्दा साढे ६ अर्बको कारोबार

६२ अंकले नेप्से बढ्दा साढे ६ अर्बको कारोबार

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्सेमा तीव्र वृद्धि आएको छ । यस दिन नेप्से सूचक ६२.२१ अंकको वृद्धि आउँदै २१ सय १७.७३ अंकको विन्दुमा उक्लिएको हो ।

आज कारोबारमा समेत तीव्रता आउँदै आज ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ४७ लाख ५१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

आज लाइफ इन्स्योरैन्स कम्पनी कर्पोरेशन, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबी ५० मुचुअल फण्ड र सामलिङ पावर कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ ।

१३ वटै उपसूचक धनात्मक हुँदा बजार नै हरियाली बनेको छ । आज जीवन बीमातर्फको सेयर मूल्य आकासिन पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका