जोडिनुहोस
  • होमपेज
  • कोप–२८ सम्मेलन स् जीवाश्म इन्धन प्रयोगको विकल्प खोजी गर्ने र क्रमशः टाढा हुने सहमति

कोप–२८ सम्मेलन स् जीवाश्म इन्धन प्रयोगको विकल्प खोजी गर्ने र क्रमशः टाढा हुने सहमति

जलवायुसम्बन्धी सम्मेलन कोप–२८ मा जीवाश्म इन्धन प्रयोगको विकल्प खोजी गर्ने र क्रमशः टाढा हुने सहमति भएको छ । संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी प्रतिनिधिबीच निरन्तरको छलफलपछि यो सहमति भएको बीबीसीले जनाएको छ ।

दुबईमा सम्मेलन सम्पन्न हुनअघि जीवाश्म इन्धन प्रयोगको विकल्प खोजी गर्न देशहरूलाई आग्रह गर्ने सहमति पारित भएको कोप–२८ को नेतृत्व गरिरहेका सुल्तान अल जबेरले बताउनुभएको छ । पेरिसमा यसअघि निर्धारण गरिएको विश्व तापमान वृद्धिको लक्ष्य १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने सहमति कार्यान्वयनका लागि यो बलियो पक्ष मानिएको छ ।

अन्तिम समयमा भएको २१ पृष्ठ लामो सहमति कानुनीरूपमा भने बाध्यकारी हुने छैन । यद्यपि यसले जलवायु परिवर्तनको चुनौती सामना गर्न देशहरूलाई मार्गदर्शन गर्ने ठानिएको छ । सहमतिमा देशहरूले जीवाश्म इन्धनको विकल्पतर्फ जान न्यायपूर्ण, प्रक्रियाबद्ध र समतामूलक योगदान गर्ने भनिएको छ । भविष्यमा प्रयोग हुने कोइला, तेल र ग्यासजस्ता इन्धनहरूबारे जलवायु सम्मेलनमा लिखितरूपमा प्रतिबद्धता जनाइएको यो पहिलो पटक हो । सम्मेलनमा सन् २०२५ अघि नै विश्वव्यापी उत्सर्जन चरम तहमा पुग्ने सम्भावनाको पहिचान गरिएको छ । यद्यपि विकासशील देशहरूका लागि चरम तहमा पुग्ने समय केही ढिला हुन सक्छ ।

सम्मेलनले गरेको सहमतिलाई सहभागीहरूले उभिएर समर्थन गरेका थिए । तर केहीले यो सहमतिमा उभिएर समर्थन जनाएनन् । क्लाइमेट एक्सन नेटवर्क युरोप नामको गैरसरकारी संस्थाकी निर्देशक चिआरा मार्टिनेल्लीले यो सहमतिले हामीलाई आवश्यक हुने गति र स्पष्टताबारे मात्रा तोक्न नसकेको टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका