जोडिनुहोस
  • होमपेज
  • गण्डकीमा एमालेका ३ जनाले गराए मनोनयन दर्ता

गण्डकीमा एमालेका ३ जनाले गराए मनोनयन दर्ता

राष्ट्रियसभा चुनावका लागि गण्डकीबाट नेकपा एमालेले ३ जनाको उम्मेदवारी दर्ता गराएका छन् । ३ सिटका नेकपा एमालेबाट अन्यमा स्याङ्जाका चक्रबहादुर पराजुली, महिलामा गोरखाकी सम्झना देवकोटा र अल्पसंख्यकरअपांगमा मुस्ताङका हेमन्त शेरचनले राष्ट्रिय सभामा मनोनयन दर्ता गराएका हुन् । दोस्रो ठूलो दल नेकपा एमालेबाट गण्डकी प्रदेश सभामा २२ जना सदस्य छन् । जसको मतभार १ हजार १६६ हुन्छ । स्थानीय तहतर्फत एमालेले नगर प्रमुख ८, उपप्रमुख ९ र गाउँपालिका अध्यक्ष २७, उपाध्यक्ष २४ गरी ६८ जना निर्वाचित छन् । जसको मतभार १ हजार २९२ हुन आउँछ । प्रदेश सभा सदस्य र स्थानीय तहको कुल मतभार २ हजार ४५८ छ । एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिकाका मेयर देवबहादुर नेपाली फरार छन् र एमालेबाट निलम्वित पनि छन् । उनी मत हाल्न अनुपस्थित हुँदा प् १९ मतभार घटाउँदा एमालेको पक्षमा २ हजार ४३९ मतभार छ । अहिले सत्ता गठबन्धन दलबाट गण्डकीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको उपस्थिति छ । यसरी मिलेर राष्ट्रिय सभाको चुनावमा मतदान हुँदा नेपाली कांग्रेसको २ हजार ७०४, नेकपा माओवादीको ९९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ गरी ३ हजार ८२७ मतभार गठबन्धनको पक्षमा आउने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका