जोडिनुहोस
  • होमपेज
  • वैदेशिक रोजगारीमा गएकाहरूको पीडा सम्बोधन गर्न हेल्प डेस्क नै स्थापना गर्नुपर्छ : सांसद पौडेल

वैदेशिक रोजगारीमा गएकाहरूको पीडा सम्बोधन गर्न हेल्प डेस्क नै स्थापना गर्नुपर्छ : सांसद पौडेल

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले वैदेशिक रोजगारीका गएकाहरूको पीडा सम्बोधन गर्नका लागि सम्बन्धित मन्त्रालय र निकायहरुमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

वैदेशिक रोजगारीमा गएकाहरूको शव ल्याउन सक्ने अवस्था समेत राज्यले गर्न नसकिरहेको उल्लेख गर्दै उनीहरूलाई ट्रयाकिङगरी आपत् परेका बेलामा सहयोग गर्नका लागि सम्बन्धित मन्त्रालय र राजदूतावासहरूमा हेल्प डेस्कको आवश्यक व्यवस्था मिलाउन उनले सरकारसँग माग गरे ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पौडेलले वैदेशिक रोजगारीमा गएका नागरिकहरुलाई विपद् पर्दा सरकार सहयोगी बन्न नसकेको उल्लेख गर्दै त्यसमा सहयोगी हुने गरी संयन्त्रहरूको निर्माण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले एयरपोर्ट देखिनै विदेशमा गएका नेपाली कामदारहरूको ट्रयाकिङ गर्न सके उनीहरूको पीडाको सुनुवाइ गर्न सहज हुनेतर्फ पनि सरकारलाई सचेत गराए ।

सांसद पौडेलले धेरै नेपालीहरूले काम गर्ने क्रममा विदेशमा ठुलो पीडा भोग्नु परेको भए पनि त्यसमा सरकार गम्भीर नभएको गुनासो समेत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका