जोडिनुहोस
  • होमपेज
  • समलिंगी विवाहले विकृति ल्याउँछ, सर्वोच्चको आदेश त्रुटिपूर्ण : कमल थापा

समलिंगी विवाहले विकृति ल्याउँछ, सर्वोच्चको आदेश त्रुटिपूर्ण : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापाले समलिंगी विवाहका विषयमा सर्वोच्च अदालतको पछिल्लो आदेशको आलोचना गरेका छन् । समलिंगी विवाहलाई वैधानिकता दिँदा सामाजिक विकृति सिर्जना हुने उनको टिप्पणी छ ।

सर्वोच्च अदालतले हिजो समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । समलिंगी विवाह दर्ता गर्न नेपालको कानून बाधक रहेको भन्दै ब्लु डायमण्ड सोसाइटीको तर्फबाट पिंकी गुरुङसहित ७ जनाले दिएको निवेदनमा सर्वोच्चले सो आदेश गरेको हो । यस सम्बन्धमा सर्वोच्चले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ दिन भनेको छ ।

राप्रपा नेपालका अध्यक्ष थापाले सर्वोच्च अदालतको सो आदेशलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘समलिंगी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ । विवाह महिला र पुरुषबीचको पवित्र सम्वन्ध हो । समलिंगी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला र सामाजिक विकृति सिर्जना गर्छ । सर्वोच्चले दिएको आदेश त्रुटिपूर्ण छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका