जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्डसँग पूर्व गृहमन्त्री लामिछानेको भेट

प्रधानमन्त्री प्रचण्डसँग पूर्व गृहमन्त्री लामिछानेको भेट

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले परामर्श गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि भएको भेटमा सरकार सञ्चालनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा पूर्व गृहमन्त्री लामिछानेले गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने माग गरेको बुझिएको छ । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पाए लगत्तै सो दलको बैठकले पुनः उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने माग गरेको थियो ।

तर प्रधानमन्त्रीको नेतृत्वमा रहेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा गृह मन्त्रालय प्रधानमन्त्री स्वयम्ले अहिले राख्नुभएकाले माओवादी केन्द्रले नै गृह मन्त्रालय लिनुपर्ने सुझाव आएको थियो । चितवन २ बाट निर्वाचित सांसद लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले पद खारेज गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका