जोडिनुहोस
  • होमपेज
  • नयाँ राहदानी लिनेको सङ्ख्या महिनैपिच्छे बढ्दै

नयाँ राहदानी लिनेको सङ्ख्या महिनैपिच्छे बढ्दै

काठमाडौँ । पछिल्लो समय नयाँ राहदानी लिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । राहदानी विभागका अनुसार गतको जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए । यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन् ।

एकै महिनामा एक लाख ४७ हजारले राहदानी लिएको हालसम्मकै यो उच्च भएको राहदानी विभागका प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले जानकारी दिए । उनका अनुसार गएको चैत महिनामा एक लाख ४२ हजारले तथा वैशाख महिनामा एक लाख २५ हजारले राहदानी लिएका थिए । जसमा राहदानी नवीकरण गर्ने र नयाँ राहदानी लिने दुवैको सङ्ख्या समावेश गरिएको छ ।

प्रत्येक १० वर्षमा राहदानी नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । पछिल्लो समय राहदानी बनाउनेको सङ्ख्या अनुमानभन्दा बढी र नवीकरण गर्नेको सङ्ख्या कम भएको विभागले जनाएको छ । सैसठ्ठी पृष्ठको राहदानी चार लाख प्रति छापिएकामा पाँच हजारमात्रै प्रयोग भएको र बाँकी मौज्जाद रहेकाले त्यसलाई समेत साधारणसरह वितरण गर्न थालिएको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका