जोडिनुहोस
  • होमपेज
  • भारतीय विदेश राज्यमन्त्री र नेपाली सांसदको प्रतिनिधिमण्डलबीच दिल्लीमा भेटवार्ता

भारतीय विदेश राज्यमन्त्री र नेपाली सांसदको प्रतिनिधिमण्डलबीच दिल्लीमा भेटवार्ता

काठमाडौं – भारतीय विदेश राज्यमन्त्री र नेपाली सांसदको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

भारतीय संसद्को अन्तर्राष्ट्रिय समितिको निमन्त्रणामा नयाँ दिल्ली पुगेको नेपाली प्रतिनिधिमण्डलले बिहीबार भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरणसङ्ग भेटवार्ता गरेको हो ।

विदेश राज्यमन्त्री मुरलीधरणले नेपाली सांसदलाई स्वागत गर्दै दुई देशबीचको विशिष्ट सम्बन्धका विषयमा चर्चा गरेका थिए ।

उनले नेपाली सान्सदसङ्गको भेटपछि भने, “माननीय सांसद राजकिशोर यादवको नेतृत्वमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटनसम्बन्धी संसदीय समितिको हैदरावाद हाउस, नयाँ दिल्लीमा आयोजना गर्न पाउँदा खुसी लागेको छ । भारत(नेपाल सम्बन्धमा सकारात्मक गतिलाई महत्व दिदै र निरन्तर संसदीय आदानप्रदानमा जोड दिन चाहन्छु ।”

संघीय संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन संसदीय टोलीले ६ फेब्रुअरीसम्म भारतको संसदीय व्यवस्थाबारे अध्ययन गर्ने छ ।

समिति सभापति राजकिशोर यादवको नेतृत्वमा ११ सदस्यीय टोली मंगलबार राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँदिल्ली पुगेको हो ।

दिल्लीमा भारतका चीफ ऑफ प्रोटोकॉल र भारतीय संसदका सहसचिवले नेपाली टोलीलाई स्वागत गरेका थिए । संसदीय टोलीले भारतीय नयाँ संसद् भवनको निरीक्षणका साथै सभामुख, विदेशमन्त्री र पर्यटनमन्त्रीसँग भेट्ने कार्यक्रम तय भएको बताइएको छ ।

टोलीमा यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका