जोडिनुहोस
  • होमपेज
  • पाण्डे एकीकृत समाजवादीको कार्यवाहक अध्यक्ष

पाण्डे एकीकृत समाजवादीको कार्यवाहक अध्यक्ष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई दिएको छ ।

अध्यक्ष माधवकुमार नेपाल राजनीतिक भ्रमणका लागि आज श्रीलङ्का प्रस्थान गरेका छन् । सोही कारण उपाध्यक्ष पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको पाण्डेका प्रेस संयोजक विवेक अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार अध्यक्ष नेपाल श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पुरा भएको सन्दर्भमा आयोजित कार्यक्रम र दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरूको बैठक र कन्फ्रेन्समा सहभागी हुन श्रीलङ्का गएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका