जोडिनुहोस
  • होमपेज
  • आयरल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल, टोलीमा दुई परिवर्तन

आयरल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल, टोलीमा दुई परिवर्तन

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका हुने खेलमा आयरल्यान्डविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा आयल्यान्डले टस जितर बलिङको निर्णय लिए पछि नेपालले पहिला ब्याटिङ गर्दैछ । नेपालले आयरल्यान्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो अवसर हो । आयरल्यान्ड नेपालले ओडिआई खेल्ने तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक हो ।

नेपालले सातौं स्थानको लागि भएको दोस्रो सेमिफाइनल खेलमा आईतबार युएईलाई हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको थियो ।

पहिलो ओडिआई भेटमा नै आयरल्यान्डलाई पराजित गर्ने लक्ष्यमा नेपाल रहेको छ ।

मंगलबार युएईसँगको खेलमा टिममा रहेका प्रतिस जिसी र आरिफ शेख बेन्चमा रहँदा किशोर महतो र कुल मल्लले मौका पाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका