जोडिनुहोस

कुशल भुर्तेल आठ रनमा आउट

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार हुने प्लेअफ चरणको आयरल्यान्डविरुद्घको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । पहिलो विकेटका रूपमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पेभेलियन फर्किएका हुन् । उनी आठ रन बनाउँदै आउट भए । उनको विकेट क्रेग योङले लिए । नेपाल ८.१ ओभरमा २७ रन बनाएर खेल्दैछ ।

नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो । नेपालले आयरल्यान्डसँग पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । यसैगरी नेपाली टोलीले आईसीसीबाट टेस्ट मान्यताप्राप्त राष्ट्रसँग तेस्रो पटक प्रतिस्पर्धा गरेको हो ।

यसअघि यही प्रतियोगिता यही विश्वकप छनोट प्रतियोगितामा नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्र जिम्बाबे र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरेको थियो । जिम्बाबेविरुद्घको खेलमा नेपाल आठ विकेटले पराजित भएको थियो । वेस्ट इन्डिजसँग भने नेपाली टोली एक सय एक रनले पराजित भएको थियो ।

विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा आयोजना हुँदैछ । नेपाल र आयरल्यान्डबीचको खेलमा विजयी हुने टोलीले प्रतियोगितामा सातौँ वरीयता प्राप्त गर्नेछ । यसैगरी उक्त खेलमा पराजित हुने टोलीले भने आठौँ वरीयता पाउने छ ।

नवौँ र १०औँ वरीयताका लागि आगामी बिहीबार अमेरिका र संयुक्त अरब इमिरेट्स (यूएई) बीच खेल हुनेछ । उक्त खेलमा विजयी हुने टोलीले नवौँ वरीयता प्राप्त गर्नेछ । यसैगरी उक्त खेलमा पराजित हुने टोलीले १०औँ वरीयता पाउने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका