जोडिनुहोस
  • होमपेज
  • गोरखाको हिमालय माविले मनायो आफ्नो ६४औं बार्षित्कोत्सव तथा अभिभावक दिवस

गोरखाको हिमालय माविले मनायो आफ्नो ६४औं बार्षित्कोत्सव तथा अभिभावक दिवस

गोरखा – गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ६ घैरुङ्ग, बास्कोटमा रहेको श्री हिमालय माध्यमिक विद्यालयले आफ्नो ६४औं बार्षित्कोत्सव तथा अभिभावक दिवस मनाएको छ । फागुन १० गते बिहिवारबाट शुरु भएको बार्षित्कोसव तथा अभिभावक दिवस समारोह शुक्रबार समापन गर्दै विद्यालयले मनाएको हो ।

विद्यालयले दिवस समारोहको प्रमुख अतिथिमा शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरलाई निम्त्याएको थियो । दिवस समारोहमा पुगेका अध्यक्ष थापा मगरले विद्यालयको बार्षित्सोव तथा अभिभावक दिवस सफल भएको भन्दै शुभकामना व्यक्त गरेका थिए ।

विद्यालयले दिवसका अवसरमा विद्यार्थीहरु लक्षित विभिन्न रोचक र मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु गरेको थियो । यस्तै विद्यालय स्थापना गर्ने संस्थापक अध्यक्ष स्व. कृष्णबहादुर गुरुङ (घ्याप्रिङ)को सालिक अनावरण, संस्थापक सदस्यहरुका नामाङ्कित शिला स्थापना साथै विद्यालय प्रवेशद्वार उद्घाटन गरिएको थियो ।

विद्यालयलाई सशुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गादाताहरुलाई समेत विद्यालयले आफ्नो बार्षित्कोत्सव तथा अभिभावक दिवसका अवसरमा सम्मान प्रदान गरेको थियो । साथै शिक्षक तथा भूतपूर्व शिक्षकहरुलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक सिताराम ढकाल बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका