जोडिनुहोस
  • होमपेज
  • मुम्बईमाथी गुजरातको फराकिलो जित

मुम्बईमाथी गुजरातको फराकिलो जित

काठमाडौं । डिफेन्डिङ च्याम्पियन गुजरात टाईटन्स भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल)मा मुम्बई ईन्डियन्सलाई फराकिलो अन्तरमा हराउदै शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा गुजरातले मुम्बई ईन्डियन्सलाई ५५ रनले हराएको छ । गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनायो ।

मुम्बईका लागि निहाल वाधिराले २१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४० रन बनाए । क्यामरुन ग्रीनले २६ बलमा ३ छक्काको सहयोगमा ३३ रन बनाए ।

सुर्यकुमार यादवले १२ बलमा ३ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए । मुम्बईले दोस्रो ओभरमा आफ्ना कप्तान तथा ओपनर रोहित शर्मालाई ४ रनमा गुमाएको थियो ।

मुम्बईका लागि दोस्रो विकेटका लागि इशान किशन र क्यामरुन ग्रीनले ३९ रनको साझेदारी गरे । अर्का ओपनर इशान किशनले २१ बलमा १३ रन बनाए । पीयुष चावलाले १२ बलमा १८ रन बनाए ।

गुजरातका लागि नूर अहमदले ३ तथा मोहित शर्मा र राशिद खानले समान २/२ विकेट लिए । कप्तान हार्दिक पान्ड्याको नाममा १ विकेट रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनायो ।

गुजरातका लागि ओपनर शुभमन गिलले ३४ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । डेबिड मिलरले २२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ४६ रन बनाए ।

अनुभब मनोहरले २१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रन बनाए । पाँचौ विकेटका लागि मनोहर र मिलरले ३५ बलमा ७१ रनको साझेदारी गरे ।

विजय शंकरले १६ बलमा १९ तथा कप्तान हार्दिक पान्ड्याले १४ बलमा १३ रन बनाए । राहुल तिवतियाले ५ बलमा ३ छक्काको सहयोगमा अविजित २० रन बनाए ।

अन्तिम पाँच ओभरमा गुजरातले २ विकेट गुमाएर ७७ रन बनाएको थियो । मुम्बईका लागि पियुष चावलाले २ तथा राईली मेरिडेथ,अर्जुन तेन्दुल्कर र कुमार कार्तिक्येले समान १/१ विकेट लिए ।

साबिक विजेता गुजरात सात खेलमा पाँच जित र दुई हारका साथ १० टोली सहभागी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

पाँच पटकको च्याम्पियन मुम्बई सात खेलमा समान चार हार र तीन जितका साथ अंक तालिकाको सातौं स्थानमा कायमै रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका