जोडिनुहोस
  • होमपेज
  • पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २२ सय सवारी चालक कारबाहीमा

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २२ सय सवारी चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक नियम उल्लङ्घनको आरोपमा २ हजार बढी सवारी चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २०३ सवारी साधन र चालक कारबाहीमा परेका छन् ।

जसअनुसार मापसेमा ६९, लेन उल्लङ्घनमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ जना सवारी चालक कारबाहीमा परेका छन् ।

यसैगरी, नम्बर प्लेट २१, लिडारगनमा १४७ र अन्य १ हजार ७ सय ४५ गरी २ हजार २०३ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका