जोडिनुहोस
  • होमपेज
  • एमालेको अडानमा रास्वपा र राप्रपाको साथ- प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने

एमालेको अडानमा रास्वपा र राप्रपाको साथ- प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा नआएसम्म सदन चल्न नदिने अडान लिएको छ । प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको किताब विमोचनको क्रममा आफूलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली गएको अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने चेतावनी दिए ।

उनले भने, ‘सम्मानीय प्रधानमन्त्री भनौं कि नभनौं भइरहेको छ । हाम्रो मनमा बादल लागेको छ । नेपालीको स्वाभिमान गिरेको छ । हामी भक्ति थापा, अमर सिंह, वलभद्र कुँवरको सन्तान हौं । के प्रधानमन्त्री राष्ट्रको गरिमाभन्दा ठूलो कुरा हो ? यदि होइन भने नैतिकताको आधारमा प्रधानमन्त्रीमा बस्नु हुँदैन । राजीनामा दिनुस् ।’

एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पनि साथ दिएको छ । सभामुख देवराज घिमिरेले संसद अगाडि बढ्न खोज्दा राप्रपाका सांसदहरू रोस्टम घेराउ गर्नसमेत पुगेका थिए । विपक्षी दलको अवरोधपछि सभामुखले बैठक स्थगित गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका