जोडिनुहोस
  • होमपेज
  • झिनो अंकले नेप्से घट्दा ३ अर्ब ७ करोडकको कारोबार

झिनो अंकले नेप्से घट्दा ३ अर्ब ७ करोडकको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक झिनो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ०.०६ अंकले घट्दै २ हजार ४९.३८ अंकको विन्दुमा झरेको हो । अघिल्लो दिन नेप्से ३९.२६ अंकले घट्दै २ हजार ४९.४४ अंकको विन्दुमा अडिएको थियो ।

आज विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा म्यानु एण्ड प्रो र ट्रेडिङ (व्यापार) क्षेत्रको उपसूचक धनात्मक भएका छन् भने बैंकिङ, फाइनान्स, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, निर्जीवन बीमा लगायत अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् ।

०.०६ अंकले मात्र घटेको बजारमा आज ३ अर्ब ७ करोड ७४ लाख रुपैयाँ बराबरको ९७ लाख ५१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका