जोडिनुहोस
  • होमपेज
  • सुडानमा हवाई हमला हुँदा २२ जनाको मृत्यु

अन्तर्राष्ट्रिय

सुडानमा हवाई हमला हुँदा २२ जनाको मृत्यु

सुडानमा हवाई हमला हुँदा २२ जनाको मृत्यु

काठमाडौं । सुडानमा हवाई हमला हुँदा २२ जनाको मृत्यु भएको हो । हवाई हमला सुडानको राजधानी खार्तुमको छिमेकी शहर ओमडुरमनको आवासीय क्षेत्रमा शनिबार भएको थियो । सो हमलाबाट २२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

सुडानी सेना र एक विद्रोही अर्धसैनिक संगठन आरएसएफबीच एक साताको बीचमा भएको लडाइँमा यो सबैभन्दा धेरै मानवीय क्षति हो । आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । आक्रमणको दोष सेना र विद्रोही संगठन दुवैले एकअर्कालाई दिएका छन् ।

विद्रोही संगठनका नेता अब्देल फतह अल बुरहानले सेनाले भने आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको र कयौं घाइते भएको बताएका छन् । यसबारे सेनाको तर्फबाट भने औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । स्वास्थ्य मन्त्रालयले भने २२ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

स्थानीयवासीका अनुसार सेनाले विद्रोही समूहलाई लक्षित गरी निरन्तर हवाई हमला गर्दै आएको छ । विद्रोही समूहले पनि ड्रोन र लन्चरको माध्यमबाट जवाफी हमला गर्दै आएका छन् ।

ओमडुरमन विद्रोही समूहले डारफुरबाट सामान आपूर्ति गर्ने एक महत्वपूर्ण स्थान हो । अहिले सेनाले त्यहीँ आक्रमण केन्द्रित गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका