जोडिनुहोस
  • होमपेज
  • कुखुराको मासुको मूल्य घट्यो

कुखुराको मासुको मूल्य घट्यो

काठमाडौं । पछिल्लो तीन दिनमा जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँले घटेको छ । २५ असारमा किलोमा १० रुपैयाँले घटेको मासुको कोल्ड स्टोर (जिउँदो कुखुरा) मूल्य बुधबार पुनः १० रुपैयाँले सस्तो भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । यो मूल्य काठमाडौं उपत्यका र यसका वरपरका क्षेत्रको हो ।

पछिल्लो पटक मूल्य घटेपछि ब्रोइलर कुखुराको मासुको मूल्य २९० रुपैयाँ कायम भएको संघका सचिव देवकुमार गिरीले जानकारी दिए । यसअघि ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य ३१० रुपैयाँसम्म पुगेको थियो ।

ब्रोइलरको कोल्ड स्टोर मूल्य घटेसँगै अब तयारी कुखुराको मासुको मूल्य पनि घट्ने संघले जनाएको छ । अहिले बजारमा ४६० रुपैयाँ प्रतिकिलो सम्ममा तयारी ब्रोइलरको कुखुराको मासुको बिक्री भइरहेको छ ।

जिउँदो कुखुराको उत्पादन बढेको र भारतबाट पनि अवैध मात्रामा कुखुरा भित्रिएका कारण मूल्य घटेको संघको दाबी छ । काठमाडौं उपत्यका दैनिक करिब ५ लाख किलो मासुको पखत हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका