जोडिनुहोस
  • होमपेज
  • सरकारी निकायलाई अवाञ्छित चलखेलमुक्त गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

सरकारी निकायलाई अवाञ्छित चलखेलमुक्त गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षासहितका सरकारी निकायलाई अवाञ्छित चलखेलबाट मुक्त गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा आइतबार सुरक्षा निकायमा पूर्वप्रमुखहरूसँग छलफलमा उनले भने, ‘अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्नुपर्छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने ? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने ? र उनीहरुलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने बताए ।

उनले कर्मचारीको काम गर भनेर मात्रै नहुने बताउँदै कार्यदक्षता प्रभावकारी नबनाइ परिणामको अपेक्षा गर्न नहुने बताए । नागरिकलाई छिटो सेवा दिनका लागि सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका