जोडिनुहोस
  • होमपेज
  • भारतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

भारतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ए विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले ब्याटिङ रोजे पछि भारत ए ले पहिला बलिङ गर्दैछ ।।

नेपाल पहिलो जितको खोजीमा हुनेछ । भारत लगातार दोस्रो जितका साथ सेमिफाइनल यात्रा पक्का गराउन चाहन्छ । नेपाललाई सेमिफाइनलको सम्भावना कायमै राख्न यस खेल जित्नै पर्ने हुन्छ । नेपालको रोहित पौडेल र भारतको यश धुलले कप्तानी गर्नेछन् ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै भारतले युएई ए लाई ८ विकेटले हराएको थियो ।

गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेस्ट राष्ट्र भारत स्वतः छनोट भएको हो ।

नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ ।

यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।

सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका