जोडिनुहोस
  • होमपेज
  • अनामनगरको भद्रकुमारी घले सेवा सदनमा महानगरको डोजर

अनामनगरको भद्रकुमारी घले सेवा सदनमा महानगरको डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनमा डोजर चलाइरहेको छ ।

सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन बुधबार डोजर चलाएको हो ।

यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगर प्रहरीले डोजर चलाएको हो ।

भद्रकुमारी घले सेवा सदनमा बसेका असहाय अशक्त वृद्धवृद्धाहरुलाई मानव सेवा आश्रममा पठाइने नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका