जोडिनुहोस
  • होमपेज
  • महिला विश्वकप उद्घाटनअघि न्युजिल्याण्डमा गोली चल्दा २ जनाको मृत्यु

महिला विश्वकप उद्घाटनअघि न्युजिल्याण्डमा गोली चल्दा २ जनाको मृत्यु

काठमाडौं । अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकपको उद्घाटन खेलको केही घण्टाअघि न्युजिल्याण्डमा गोली चलेको छ ।अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

घटना बिहीबार न्युजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्याण्डमा भएको हो । फिफाले घटनाको बाबजुद पनि न्युजिल्याण्ड र नर्वेको खेल पूर्वनिर्धारित तालिका अनुसार नै हुने जनाएको छ ।

समूह ए मा रहेको न्युजिल्याण्ड र नर्वे बीचको खेल नेपाली समय अनुसार बिहीबार दिउँसो सवा १२ बजे सुरु हुनेछ । न्युजिल्याण्डमा फुटबलको सबैभन्दा ठूलो महोत्सवको माहोल हुने दिन यस घटना भएको हो ।

नर्वेको टिम बसेको होटल नजिकै उक्त घटना भएको हो । अकल्याण्डका मेयर वायने ब्रोनले फिफा पदाधिकारी र फुटबल टिम सबै सुरक्षित रहेको जनाएको छ ।

प्रधानमन्त्री क्रिस हिपकिन्सले उक्त घटनाबाट सर्वसाधारणमा सुरक्षाको ठूलो चुनौती नभएको बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका