जोडिनुहोस
  • होमपेज
  • एयरपोर्टबाट बरामद सुनको परिमाण यकिन गर्न राष्ट्र बैंक लगिँदै

एयरपोर्टबाट बरामद सुनको परिमाण यकिन गर्न राष्ट्र बैंक लगिँदै

काठमाडौं। राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद गरेको सुन जडित ब्रेक सु राष्ट्र बैंक पठाउने तयारी गरेको छ।

ब्रे सुमा जडित सुन निकालेर परिमाण यकिन गर्न राष्ट्र बैंक पठाउन लागिएको विभागका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। ‘सुन निकाल्न र परिमाण यकिन गर्न राष्ट्र बैंक पठाउँदै छौँ विभाग प्रवक्ता अधिकारीले भने।

विभागले भन्सार पास गरेर लैजान लागेको अवस्थामा सुन जडित ब्रेक सु बरामद गरेको थियो। विभागका अनुसार उक्त ब्रेक सु रेडी ट्रेड प्रालीको नाममा नेपाल भित्रिएको हो। यस प्रालीका प्रमुख दिलिप भुजेल हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका