जोडिनुहोस
  • होमपेज
  • भगवान बुद्धको शान्तिको सन्देश विश्वव्यापी चुनौतीहरूको सामना गर्न उपयोगीः मेघवाल

भगवान बुद्धको शान्तिको सन्देश विश्वव्यापी चुनौतीहरूको सामना गर्न उपयोगीः मेघवाल

नयाँ दिल्ली—केन्द्रीय संस्कृति राज्यमन्त्री अर्जुन राम मेघवालले विश्वका केही भागहरूमा शान्तिको अभावको समस्यालाई भगवान बुद्धद्वारा प्रतिपादित शिक्षा र सिद्धान्तको माध्यमबाट समाधान गर्न सकिने बताएका छन्।

मन्त्रीले नयाँ दिल्लीमा भएको अन्र्तराष्ट्रिय बुद्धिस्त सम्मेलनलाई सम्बोधन गर्दै भगवान बुद्धका उपदेशहरू वर्तमान विश्वमा निकै सान्दर्भिक रहेको बताए । सम्मेलनमा करिब ३० राष्ट्रका १७० प्रतिनिधि सहभागी भएका थिए ।

“विश्वमा आतंकवादका कारण, कतिपय देशमा पृथकतावादका कारण, आन्तरिक सुरक्षाका कारण‘भगवान बुद्धका शिक्षाहरू शान्ति र अहिंसामा आधारित थिए, जुन भारतीय दर्शनअनुरूप थियो। भगवान बुद्धका विचारहरू आज पनि सान्दर्भिक भएकाे मेघवालले बताए।

मेघवालले शान्ति र समृद्धिको सन्देश अन्तरसम्बन्धित रहेको बताए । विश्वगुरुको सन्देश भनेको शान्तिमा खलल भयो भने समृद्धिमा पनि बाधा पुग्छ। अन्तर्राष्ट्रिय बौद्ध महासङ्घ (आइबीसी)सँगको सहकार्यमा नयाँ दिल्लीमा अन्र्तराष्ट्रिय बुद्धिस्ट सम्मेलन आयोजना गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका