जोडिनुहोस
  • होमपेज
  • प्लेनभित्रै पसल चलाउन नेपाली वायु सेवा कम्पनीलाई खुल्यो बाटो

प्लेनभित्रै पसल चलाउन नेपाली वायु सेवा कम्पनीलाई खुल्यो बाटो

काठमाडौं । नेपाली वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानमा विमानभित्रै पसल सञ्चालन गर्न पाउने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले अन वोर्ड ड्युटी पेड सप सञ्चालन सम्बन्धी कार्यविधि जारी गर्दै सो व्यवस्था गरेको हो । वायुसेवाको अतिरिक्त आम्दानीमा बृद्धि गराउन, वायुसेवालाई थप सुदृढ र सबल बनाउन, राजस्व संकलन गर्न र वैदेशिक मुद्रा आर्जनका लागि प्लेनभित्रै पसल राख्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालबाट हाल नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । जहाजभित्र पसल सञ्चालन गर्न चाहने एयरलाइन्सले पर्यटन मन्त्रालयबाट अनुमति लिनुपर्ने छ । अनुमतिका लागि मन्त्रालयमा सेवा सञ्चालनको आर्थिक, प्राविधिक सम्भाव्यता सहित निवेदन दिनुपर्ने छ । निवेदनमा खरिद गरिने सामग्री विक्रेता छनोट प्रक्रिया, सामग्री खरिद र गुणस्तर कायम गर्न अवलम्बन गर्ने प्रक्रिया, बिक्रीपछि भुक्तानीका उपाय र सुरक्षाका उपाय उल्लेख गर्नुपर्ने छ । बिक्री गरेका सामानको गुणस्तमा वायुसेवा कम्पनी नै जिम्मेवार हुनुपर्नेछ । बिक्रीपश्चात यात्रुलाई भुक्तानी भएको रकम स्पष्ट विलमा उल्लेख गर्नुपर्नेछ । सवो सञ्चालनको प्रगति विवरण त्रैमासिक रुपमा मन्त्रालयमा पेश गर्नुपर्नेछ ।

प्रत्येक उडानमा बिक्रीका लागि चलान गरिएका सामान सिल गरी सम्बन्धित विमानस्थलले तोकिदिएबमोजिम सुरक्षा जाँच गराउनुपर्नेछ । यस्तो सामान राख्ने प्रयोजनका लागि विमानस्थल क्षेत्रमा राखिएको गोदामको सुरक्षासम्बन्धी व्यवस्था विमानस्थलले तोकिदिएबमोजिम हुने जनाएको छ ।

कार्यविधि पालना भए/नभएको सम्बन्धमा भने मन्त्रालयले समय समयमा अनुमगन गर्न सक्नेछ । यदि पालना नगरेको पाइए कानूनबमोजिम कारबाही हुने कार्यविधिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका