जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा पेट्रोलियम डिलरले शनिबारदेखि पाकिस्तानभर हड्ताल गर्ने घोषणा

पाकिस्तानमा पेट्रोलियम डिलरले शनिबारदेखि पाकिस्तानभर हड्ताल गर्ने घोषणा

इस्लामाबाद— पाकिस्तान पेट्रोलियम डिलर्स एसोसिएसन (पीपीडिए) ले बिहीबार अनिश्चितकालीन हडतालको घोषणा गरेका छन् । उनीहरुले डिलर कमिशन बढाउन माग गर्दै शनिबारदेखि देशव्यापी हड्ताल गर्ने घोषणा गरेको एआरवाई न्यूजले उल्लेख गरेको छ।

पीपीडिएकाअध्यक्ष अब्दुल सामी खानले जारी गरेको आधिकारिक सूचना अनुसार एसोसिएसनले वितरकको कमिशन बढाउन सरकारसँग माग गरेको छ ।

एसोसिएसनले यी र अन्य धेरै विषयमा ध्यानाकर्षण गराउन पेट्रोलियम मन्त्री मुसादिक मलिकलाई पत्र पठाएको सूचनामा उल्लेख छ । तर, मन्त्रीले एसोसिएसनको गुनासोलाई वेवास्ता गरेको आरोप पनि लगाइएको छ । हाल सरकारले डिलरलाई प्रतिलिटर २ दशमलव ४ प्रतिशत कमिशन दिँदै आएको छ।

पेट्रोलियम मन्त्रालयले यस विषयमा ठोस कदम नचालेसम्म आन्दोलन जारी रहने एसोसिएसनले जनाएको एआरवाई न्यूजले जनाएको छ।

यसअघि, पेट्रोलियम मार्केटिङ कम्पनीहरू (ओएमसी) ले पेट्रोलियम कम्पनी सल्लाहकार समिति (ओसीसी) लाई संघीय सरकारलाई पत्र लेखेर ओएमसीको मार्जिन पेट्रोल र हाई—स्पीड डिजेल (एचएसडी)मा प्रतिलिटर १२ रुपैयाँमा तोक्न माग गरेका थिए। ।

तीन दर्जनभन्दा बढी तेल कम्पनी र रिफाइनरीहरूको प्रतिनिधित्व गर्ने कार्टेलले प्रतिलिटर १२ रुपैयाँ मार्जिन हालको पूर्व रिफाइनरी मूल्यको ६ प्रतिशतभन्दा कम हुने बताएको छ । पेट्रोलियम डिभिजनका स्रोतहरूले भने कि डिलरहरूले पनि आपूर्ति श्रृंखलाका दुई खण्डहरू सामान्यतया एक अर्कासँग मिलाएर सर्ने भएकाले समान मागहरू उठाउनेछन्।

डिलरको कमिसन पनि गत वर्ष २५ प्रतिशतले बढाएर प्रतिलिटर ७ रुपैयाँ पु¥याएको डनले जनाएको छ । ओएमसी मार्जिन पछिल्लो वर्ष नोभेम्बरमा पेट्रोल र एचएसडी बिक्रीमा प्रतिलिटर रु ३ र ३ दशमलव ६८ रुपैयाँबाट बढाएर ६ रुपैयाँमा पुर्‍याइएको थियो । सहित ।

यसैबीच, जियो न्यूजले पाकिस्तानका पेट्रोलियम कम्पनीहरू आर्थिक संकट र मुद्राको अवमूल्यनका कारण पतन को संगारमा पुगेको बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका