जोडिनुहोस
  • होमपेज
  • विश्वकप छनोट : नेपालको सबै खेल टियुमा हुने

विश्वकप छनोट : नेपालको सबै खेल टियुमा हुने

काठमाडौं । आइसीसी टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको समूह चरणका सबै खेल टियु मैदानमा हुने भएको छ । प्रतियोगिता कार्तिक १३ देखी २० गतेसम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ ।

नेपालले पहिलो खेल कार्तिक १३ गते सिंगापुरसँग रहेको छ । दोस्रो खेल कार्तिक १४ मा मलेसियासँग खेल्ने नेपालको तेस्रो खेल कार्तिक १६ मा ओमानसँग रहेको छ ।

दुई समूहका शीर्ष दुई मा रहने टोलीले कार्तिक १७ मा सेमिफाइनल खेल्नेछन् । सेमिफाइनलका बिजेता टोलीले विश्वकपमा स्थान बनाउने छ ।

दुई सेमिफाइनल विजेताबीच कार्तिक १९ मा टियु क्रिकेट मैदानमा फाइनल खेल हुनेछ ।

प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र एसिया क्वालिफायर ए बाट आउने एक टोली रहने छ ।

एसिया क्वालिफायर ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका