जोडिनुहोस
  • होमपेज
  • सय किलो सुन प्रकरणः थप ६ जना पक्राउ

सय किलो सुन प्रकरणः थप ६ जना पक्राउ

काठमाडौं । केही समयअघि त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक सय किलो अवैध सुन नियन्त्रणमा लिएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् ।

उनीहरुलाई आइतबार राजस्व अनुसन्धान विभागको विशेष टोलीले पक्राउ गरेको हो । यो सँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।

भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् यसअघि विभागले सुन तस्करीमा संलग्न १० जनालाई नियन्त्रणमा लिइसकेको छ ।

गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत १०० केजी सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाडौं ल्याइएको थियो । सो सुन भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बरामद गर्न सफल भएपछि सुन तस्करीका वारेमा अहिले थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका