जोडिनुहोस
  • होमपेज
  • सुशासन र पारदर्शिता कायम गर्न अडिटर्सहरूको महत्त्वपूर्ण भूमिका हुन्छ स् अर्थमन्त्री महत

सुशासन र पारदर्शिता कायम गर्न अडिटर्सहरूको महत्त्वपूर्ण भूमिका हुन्छ स् अर्थमन्त्री महत

काठमाडौ। अर्थमन्त्री डा. प्रकाशसरण महतले मुलुकमा सुशासन र पारदर्शिता कायम गर्न अडिटर्सहरूको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित नेपाल अडिटर्स एशोसिएशन (अडान) को १८ औं स्थापना दिवसमा उनले अडिटर्सहरूले हरेक क्षेत्रको हिसाबकिताब राख्दै सुशासन र पारदर्शिता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

अर्थमन्त्री महतले मौद्रिक नीतिले अर्थतन्त्रमा देखिएको केही समस्याहरूलाई सम्बोधन गरेको बताए । ‘सबै समस्याहरूको समाधान मौद्रिक नीति मात्र होइन,’ उनले भने, ‘हामीले खोजेको जस्तो खुकुलोपन र सहजता मौद्रिक नीतिमार्फत नआए पनि नीतिले केही समस्याहरूको सम्बोधन भने अवश्य गरेको छ ।’ ‘अडिटर्सहरूको व्यवसाय विस्तार र व्यावसायीकरण आवश्यक छ,’ उनले थपे ।

अर्थतन्त्रमा तरलता वृद्धि गर्न र लगानी बढाउन सरकार क्रियाशील रहेको महतले बताए । महतले नेपालमा नै आइटी, एग्रो बिजनेश लगायतमा प्रशस्तै सम्भावना र अवसरहरू रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष हेमराज ढकालले व्यवसायीहरूलाई मर्यादित बनाउन र उद्यमशीलता कायम गर्न अडिटर्सहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले बजेट र मौद्रिक नीतिले निजी क्षेत्रको समस्या सम्बोधन नगरेको बताए ।

यस्तै नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेश कुमार अग्रवालले अडिटर्सहरूले लेखापरीक्षण पारदर्शी र जवाफदेही बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका