जोडिनुहोस
  • होमपेज
  • कार्यालय समयमा उपस्थित भएन/नभएको अनुगमन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

कार्यालय समयमा उपस्थित भएन/नभएको अनुगमन गर्न  स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा स्वास्थ्य कर्मी र कर्मचारी कार्यालय आए नआएको अनुगमन गर्न सबै अस्पताल प्रमुखलाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सबै अस्पतालका महानिर्देशकलाई सो निर्देशन दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा त्यहाँ मातहत कार्यरत रहेका स्वास्थ्य सेवा तथा निजामती सेवा तर्फका सम्पूर्ण कर्मचारीहरू नेपाल सरकारले निर्धारण गरेको कार्यालय समयमा कार्यालयमा उपस्थित रहे/नरहेको सम्बन्धमा कार्यालय प्रमुखबाट नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्नुहुन यस मन्त्रालय (सचिवस्तर) को मिति २०८०।०४।०७ को निर्णयअनुसार अनुरोध छ ।’

यस्तै समय समयमा मन्त्रालयले पनि अनुगमन गर्ने जनाएको छ ।

ss

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका