जोडिनुहोस
  • होमपेज
  • विदेश भ्रमणमा जानेले वर्षमा दुई पटकमात्र डलर साट्न पाउने

विदेश भ्रमणमा जानेले वर्षमा दुई पटकमात्र डलर साट्न पाउने

काठमाडौं । भारतबाहेक तेस्रो मुलुकमा भ्रमण गर्न जानेले वर्षमा दुई पटकसम्म मात्र सटही सुविधा पाउने भएको छ । एक राहदानीवापत प्रतिपटक २५ सय डलरसम्म सटही सुविधा पाइने नेपाल राष्ट्र बैंकले प्रस्ट पारेको छ ।

एक वर्ष भन्नाले आर्थिक वर्षलाई जनाउने राष्ट्र बैंकले जनाएको छ । यो अवधि साउन १२ गतेदेखि गणना हुनेछ । यसअघि राहदानीवापत सटही सुविधा लिएर भ्रमण गरेको अवस्थामा भने आर्थिक वर्ष २०८०/८१ मा प्रतिपटक अधिकतम अमेरिकी डलर २५ सय गरी बढीमा दुई पटक सटही सुविधा लिन पाउनेछन् ।

तर, वैदेशिक रोजगारीमा जाने नेपालीको हकमा भने अधिकतम दुई सय डलरमात्र सटही सुविधा हुने राष्ट्र बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका