जोडिनुहोस
  • होमपेज
  • बङ्गलादेशको राजधानी ढाकामा चार वटा बम विस्फोट

बङ्गलादेशको राजधानी ढाकामा चार वटा बम विस्फोट

ढाका । बङ्गलादेशमा राजधानी ढाकामा भयानक बम विस्फोट भएको छ । ढाकाको अमीनाबजार र सावरमा चार वटा विस्फोट भएका हुन् । साथै छ स्थानमा राखिएका बमहरू सेनाको टोलीले निष्क्रिय पारेको थियो।

ढाका सञ्चारमाध्यमका अनुसार शनिबार दिउँसो करिब २ बजे अमिना बजारमा रहेको फिलिंग स्टेसनको अगाडि विस्फोट भएको थियो, जसले घटनास्थलमा हलचल मच्चाएको थियो । खबर पाए लगत्तै प्रहरी टोली पनि घटनास्थलमा पुगेको थियो ।

अधिकारीहरूले घटनास्थलमा ६ वटा घरेलु बम भएको कागजको झोला फेला पारेका छन् । घटनास्थलमा उपस्थित सैफुल इस्लामले दिउँसो पेट्रोल पम्प अगाडि रहेको तीन तले भवन नजिकै एउटा भ्यान आएको बताए । भ्यान यहाँ एक सेकेन्ड पनि रोकिएन र गुडिरहेको गाडीबाट झोला सडकमा फालेर हिँडयो । त्यसको केही समय पछि विस्फोट भएको थियो ।

ढाका मिडियाका अनुसार पेट्रोल स्टेशनका प्रबन्धक नुरुल अमिनले विस्फोटको समयमा त्यहाँ कोही नभएको बताए। जसका कारण ठुलाे दुर्घटना भने हुन नसकेको बताए ।

राजधानी ढाकामा भएकाे विशाल विरोधप्रदर्शन नियन्त्रणमा लिन र शान्तिसुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका