जोडिनुहोस
  • होमपेज
  • डोजर लिएर राप्रपा पार्टी कार्यालय जाँदै काठमाडौं महानगर

डोजर लिएर राप्रपा पार्टी कार्यालय जाँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरले राप्रपा पार्टी कार्यालय खाली गराउन दिएको समय सकिएपछि डोजर लिएर जाने तयारी भएको छ । हाइटेन्सन तारको मुनि भएकाले भवन खाली गराउन महानगरले आदेश दिएको थियो ।

तीन दिनअघि काठमाडौं महानगरबाट गएको नगर प्रहरीले भवन खाली गराउन माइकिङ गरेको थियो । सोमबारसम्मको अल्टिमेटम दिइएको भए पनि राप्रपाले कार्यालय खाली गराएको छैन ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेकाअनुसार अहिले बिहान साढे १० बजे त्यहाँ जाने तयारी भएको छ । यद्यपि महानगर प्रहरीले बालेनको आदेश कुरिरहेको छ ।

राप्रपाका नेताहरू काठमाडौंका साहसँग संवादको प्रयासमा छन् । तर, बालेनले न भेट्न समय दिएका छन्, न कसैको फोन–म्यासेज रेस्पोन्स गरेका छन् ।

यो भवन दाताले दिएको करिब ८ आना जग्गामा बनेको हो । जग्गा दान दिए पनि राप्रपाको नाममा छैन । राप्रपाले कार्यकर्ताहरूबाट चन्दा संकलन गरेको भवन निर्माण गरेको हो । दुई तल्ले घरको छतबाट १०–१२ फिटमाथि हाइटेन्सन लाइन छ ।

हाइटेन्सन लाइनले यस क्षेत्रका अन्य घरहरूलाई पनि प्रभावित बनाएको छ । तर, राप्रपाको कार्यालयजस्तो ठ्याक्कै मुन्तिर भने अन्य घरहरू छैनन् । राप्रपा कार्यालय भवनको नक्सापास पनि भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका