जोडिनुहोस
  • होमपेज
  • बन्द प्रशिक्षणका लागि २४ सदस्यीय महिला टोलीको घोषणा

बन्द प्रशिक्षणका लागि २४ सदस्यीय महिला टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको एशियाली क्षेत्रको छनोट प्रतियोगिताको बन्द प्रशिक्षणका लागि २४ जना खेलाडी छनोट गरेको छ । क्यानले मंगलबार बन्द प्रशिक्षणका लागि २४ जना खेलाडी छनोट गरेको हो ।

बन्द प्रशिक्षणका लागि घोषित टोलीमा रुबिना क्षेत्री, सीता रानामगर, ईन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का र ईश्वरी बिष्ट रहेका छन् ।

यसैगरी ज्योति पाण्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुबी पोद्दार, खुसी डंगोल, पूजा महतो, सबनम राई, रोमा थापा, कञ्चन श्रेष्ठ, सृष्टि जैसी र स्नेहा महराले पनि बन्द प्रशिक्षणका लागि घोषित टोलीमा स्थान पाएका छन् ।

टी-ट्वान्टी विश्वकपको एशियाली छनोट प्रतियोगिता आगामी अगस्त २८ देखि सेप्टेम्बर ६ तारिखसम्म मलेसियामा आयोजना हुँदैछ । एशियाली क्षेत्रको छनोट प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहने छ । नेपाल समूह ‘ए’ मा परेको छ ।

नेपालको समूहमा बहराइन भुटान, आयोजक मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । यसैगरी छनोट प्रतियोगिताको समूह ‘बी’ मा भने चीन, हङ्कङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन् । दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका