जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानको इस्लामिया विश्वविद्यालयमा लागूपदार्थको दुरुपयोग

पाकिस्तानको इस्लामिया विश्वविद्यालयमा लागूपदार्थको दुरुपयोग

इस्लामाबाद—पाकिस्तानको इस्लामिया युनिभर्सिटी अफ बहावलपुरका प्राध्यापकहरुको एक गिरोहले विद्यार्थीहरुलाई लागूऔषध बेच्ने गरेको खुलासा भए पछि केहीलाई पक्राउ गरिएको छ ।

साथै, उनीहरुको फोनबाट छात्राहरुको अश्लिल भिडियो फेला परेको छ । यी भिडियोमार्फत युवतीहरूलाई ब्ल्याकमेल गर्ने गरेको आरोप छ ।

सरकारले यो प्रकरणलाई दबाउन हरसम्भव प्रयास गरेपछि यो समाचार बाहिरिएको छ । विश्वविद्यालयका प्रमुख सुरक्षा अधिकृत पनि पक्राउ परेका छन् ।

पाकिस्तानको अखबार ‘द डन’ ले यस ड्रग्स रैकेटको बारेमा विस्तृत रिपोर्ट प्रकाशित गरेको छ । यसमा प्रहरीको बयान पनि समावेश छ । प्रहरीका अनुसार केही दिनदेखि आईयूबीमा लागुऔषध ओसारपसारको सूचना आइरहेको थियो । विश्वविद्यालयका केही प्राध्यापकले यो र्‍याकेट चलाएको अनुसन्धानले देखाएको छ । छापा मार्दा एक प्राध्यापकको साथबाट हेरोइन पनि बरामद भएको छ ।

प्रहरीले जेठदेखि नै यस विषयमा अनुसन्धान गरिरहेको भए पनि प्रमाण नहुँदा अभियुक्तलाई कारबाही गर्न सकेको थिएन । ठोस सूचना पाए पछि विश्वविद्यालयका प्रमुख वित्तीय अधिकृतलाई २८ जुनमा पक्राउ गरिएको थियो । उनको साथबाट धेरै लागुऔषध बरामद भएको छ ।

वित्त अधिकारीलाई एउटा कारबाट समातिएको थियो । उनीसँगै विश्वविद्यालयका प्रमुख सुरक्षा अधिकृत पनि रहेका थिए र उनीहरुसँग लागुऔषध पनि फेला परेको थियो । दुबैको फोन चेक गर्दा प्रहरी चकित भयो किनभने युनिभर्सिटीका विद्यार्थी र महिला शिक्षकको अश्लील भिडियो पनि त्यसमा समावेश थियो। ती छात्रा तथा महिला शिक्षकलाई विभिन्न स्थानमा ब्ल्याकमेल गरी बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।

यसबारेमा पाकिस्तानी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका