जोडिनुहोस
  • होमपेज
  • मानेले रोजे अल नासर क्लब,रोनाल्डोसँगै खेल्ने

मानेले रोजे अल नासर क्लब,रोनाल्डोसँगै खेल्ने

काठमाडौं।फुटबलरसाडियो मानेले साउदी अरबको अल नासर क्लब रोजेका छन् ।

जर्मन क्लब बायर्न म्युनिख छाडेर माने नासरमा अनुबन्धित भएका हुन् । जहाँ फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पनि छन् ।

बायर्नले मंगलबार एक विज्ञप्तिमार्फत दुई क्लबबीच मानेको ट्रान्सफरका लागि सहमति भएको जनाएको छ ‌।

मानेले अब अल नासरमा रोनाल्डोसँग आक्रमणमा साझेदारी गर्नेछन् । रोनाल्डो गत जनवरीमा सो क्लब गएका थिए ।

अल नासरले इन्टर मिलानबाट मार्सेलो ब्रोजोभिच, म्यानचेस्टर युनाइटेडबाट एलेक्स टेलेस र लेन्सबाट सेको फोफाना भित्र्याइसकेको छ ।

मानेकै पूर्वक्लब लिभरपुलबाट कप्तान जोर्डन हेन्डरसन, रोबर्टो फिर्मिनो र फाबिन्हो पनि साउदी पुगेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका