जोडिनुहोस
  • होमपेज
  • विप्लवले बुधबार पत्रकार सम्मेलन गर्ने

विप्लवले बुधबार पत्रकार सम्मेलन गर्ने

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले बुधबार विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले बुधबार दिउँसो १ बजे काठमाडौंको जमलस्थित नाचघरबाट पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

विप्लवले पत्रकार सम्मेलनमार्फत पछिल्लो बन्दी रिहा, मुद्दा फिर्ताको विषय र पछिल्लो राजनीतिक घटनाक्रका विषयमा जानकारी दिने बताइएको छ ।

सोही पत्रकार सम्मेलनमा विप्लवले पार्टीले अख्तियार गर्ने नीतिका विषयमा समेत जानकारी दिने छन् । पत्रकार सम्मेलनमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित सचिवालय, पोलिटब्युरो र केन्द्रीय सदस्य समेत सहभागी हुने भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका