जोडिनुहोस
  • होमपेज
  • लगातार तेस्रो दिन घट्यो सुनको मूल्य

लगातार तेस्रो दिन घट्यो सुनको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी महासंघले लगातार दोस्रो दिन सुनको मूल्य घटेर कारोबारमा आएको जनाएको छ । महासंघले हिजोदेखि घट्न थालेको सुनको मूल्य आज पनि घटेको जानकारी दिएको हो ।

हिजो सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । यस्तै, आज ३०० रुपैयाँले घटेर कारोबारमा आएको महासंघले जनाएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ कायम छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम थियो ।

सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज तोलामा २५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका