जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानी विद्युत कम्पनी थप महशुल वृद्धि गर्ने योजनामा

पाकिस्तानी विद्युत कम्पनी थप महशुल वृद्धि गर्ने योजनामा

इस्लामावाद— पाकिस्तानको राष्ट्रिय विद्युतीय शक्ति नियामक प्राधिकरण (नेप्रा) ले अगस्ट २३ मा विद्युत महशुल बृद्धि गर्ने योजनामा रहेका १० विद्युत वितरण कम्पनी (डिस्को) को निवेदनमा सुनुवाई गर्ने पाकिस्तानको अंग्रेजी भाषाको पत्रिका द न्यूज इन्टरनेसनलले उल्लेख गरेको छ ।

उनीहरुले विद्युत महशुल ३ रुपैया ५० पैसा देखि ६ रुपैयाँ पाकिस्तानी रुपैयाँ वृद्धि गर्ने योजना बनाएका छन् । यो मूल्य वृद्धि भएमा जुलाई १ देखि उपभोक्तालाई १४४ दशमलव ६८८ अर्ब पाकिस्तानी रुपैयाँ भार पर्नेछ ।

विद्युत् कम्पनीहरूले क्षमता शुल्कबापत उपभोक्ताबाट १२२ अर्ब रुपैयाँ र टीएण्डडी घाटाबापत ७ अर्ब ३५ करोड रुपैयाँ असुली गर्न अनुमति दिन नेपरालाई आग्रह गरेका छन् ।

द न्युज इन्टरनेशनल अनुसार नेप्रा अधिकारीको भनाइअनुसार, ‘आवश्यक बृद्धि उपभोक्ताबाट आव २३–२४ को पहिलो तीन महिनामा असुल्ने हो भने महसुल वृद्धि प्रति युनिट रु ५–६ को दायरामा हुनेछ, भने ६ महिनामा असुल्ने योजनामा भए २ रुपैयाँ ५० पैसा देखि ३ पाकिस्तानी रुपैयाँ हुनेछ ।

अहिले सबै शुल्कसमावेश गरेर उपभोक्ताको औसत महशुल प्रति युनिट ४९ दशमल ५७ पाकिस्तानी रुपैयाँ तिरिरहेका छन् । छ। यदि मूल्य वृद्धि भए उपभोक्ताले प्रतियुनिट ५३ रुपैयाँ ५६ पैसा तिर्नुपर्ने हुन्छ । छघ।छट मा ल्याउँछ।

द न्युज इन्टरनेशनलका अनुसार १४४ अर्ब ६८८ अर्ब मध्ये १० कम्पनीले ले आर्थिक वर्ष २०२३ को अन्तिम त्रैमासिकको लागि आवश्यक पर्ने क्षमता भुक्तानीको शीर्षकमा रु १२२ दशमलव ४१३ अर्ब मागेका छन् ।

द न्युज इन्टरनेशन अनुसार आर्थिक वर्ष २३को लागि चौथो अन्तर्गत फैसलाबाद इलेक्ट्रिक सप्लाई कम्पनी (फेस्को) ले उपभोक्ताहरूबाट २३ अर्ब ४९ करोड , गुजरनवाला इलेक्ट्रिक पावर कम्पनी (गेप्को)ले १६ अर्ब १३ करोड, हैदराबाद इलेक्ट्रिकले ९ अर्ब ३२ करोड, इस्लामावाद विद्युत आपूर्ति कम्पनी लिमिटेड (आइस्को) ९ अर्ब ८९ करोड, लाहोर विद्युत आपूर्ति कम्पनी (लेस्को) ३१ अर्ब ८७ करोड, मुल्तान इलेक्ट्रिक पावर कम्पनी (मेप्को) २७ अर्ब २६ करोड, क्वेटा इलेक्ट्रिक सप्लाई कम्पनीले (क्वेस्को)ले ७ अर्ब ५८२ करोड, सुक्कर इलेक्ट्रिक सप्लाई कम्पनी (सेप्को)ले ५ अर्ब १९५ करोड र ट्राइबल इलेक्ट्रिक सप्लाई कम्पनी (टेस्को)ले ४ अर्ब १६ करोड पाकिस्तानी रुपैयाँ उपभोक्ताबाट असुली माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका