जोडिनुहोस
  • होमपेज
  • मोदी विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

अन्तर्राष्ट्रिय

मोदी विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

  • Sagarmatha TV
  • शुक्रबार, साउन २६, २०८०
मोदी विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लोक सभामा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ ।

मणिपुर हिंसाको विषयलाई लिएर विपक्षी गठबन्धनले मोदीविरुद्ध अविश्वास प्रस्ताव ल्याएको थियो । त्यसको पक्ष र विपक्षमा तीन दिनसम्म बहस भएको थियो । त्यसपछि बिहीबार ध्वनी मतले विश्वास प्रस्ताव अस्वीकृत भयो ।

लोक सभाका सभामुख ओम बिरलाले बिहीबार बेलुका मोदीविरुद्धको अविश्वास प्रस्ताव ध्वनी मतबाट अस्वीकृत भएको जानकारी गराएका थिए ।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री मोदीले मणिपुरमा शान्ति कायम गरेरै छाड्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका