जोडिनुहोस
  • होमपेज
  • सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । करिब सय किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको अध्यागमन स्रोतले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि अध्यागमन कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मा लगाएको छ ।

योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका