जोडिनुहोस
  • होमपेज
  • पाल्पामा झुन्डिएको अवस्थामा दुई शव फेला

पाल्पामा झुन्डिएको अवस्थामा दुई शव फेला

पाल्पा । पाल्पामा झुन्डिएका अवस्थामा ठाउँमा दुई शव फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा बेवारिसे दुईवटा शब फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउ गाउँपालिका–३, झुम्सामा रहेको खुल्खुले सामुदायिक वन क्षेत्रमा र माथागढी गाउँपालिका–५, को सामुदायिक वनमा अर्को एक शव फेला परेको हो ।

दुवै शव सडेगलेको अवस्थामा फेला परेको तथा पोष्टमार्टम र थप अनुसन्धानका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । दुवैको पहिचान खुल्न सकेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका